काठमाडाैं- फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।
दर्शककाे मन जित्ने आशासहित ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ले प्रदर्शन आरम्भ गरेका हुन् । यी दुईवटै चलचित्र प्रेमकथामा आधारित रहेर तयार भएका चलिचत्र हुन् ।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्री अभिनित ‘तिम्रो मेरो साथ’मा रमेश एमके पौडेलले निर्देशन रहेकाे छ । चलचित्रमा इमिलि लामा, सरोज खनाल, खडग बहादुर पुन, दिपिशा केसी लगायतको समेत अभिनय छ ।
यसैगरि सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का अभिनित ‘गुञ्जन’लाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, नित्रुता स्याङ्ताङ, इवा श्रेष्ठ, कञ्चन चालिसे, रोहन शाही लगायतको समेत अभिनय छ ।