सन्दीप लामिछानेलाई कारागारबाट अदालत लगियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
सन्दीप लामिछानेलाई  कारागारबाट अदालत लगियो

काठमाडौँ - बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो । 

उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए । लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ ।