२० लाख धरौटीमा ९९ दिनपछि छुटे सन्दीप लामिछाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
२० लाख धरौटीमा ९९ दिनपछि छुटे सन्दीप लामिछाने

काठमाडौं - नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएको छन् ।

बिहिबार लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । 

सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटीको रकम बुझाएका थिए ।  नाबालिग बलात्कार आरोपमा गत असोज २० उनी एयरपोर्टबाट पक्राउ परेका थिए । उनी ९९ दिनपछि जेलमुक्त भएका हुन् । अब उनले मुद्दाको किनारा नलागुन्जेल बाहिरबाटै मुद्दा लड्नेछन् ।

सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका छन् । शुक्रबार उनी छुट्ने भएपछि उनका समर्थक केन्द्रिय कारागार बाहिर र काठमाडौं जिल्ला अदालत अगाडी सैयौंको संख्यामा उपस्थित भएका थिए ।