हेटौडा - बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन्।
प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन्। उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैजुले तीन मत प्राप्त गरेका थिए । बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित रहेका थिए ।