काठमाडौं - भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा काम गर्न नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्दनारायण देवले सरकारलाई सुझाव दिएका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै देवले अहिलेको मुख्य सवाल सुशासन, विकास र भ्रष्टाचारलाई नियन्त्रण भएको बताएका छन् ।
उनले भने, ‘सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र आम नेपाली जनतालाई सेवा प्रवाह दिने सवालमा निरन्तर रुपमा यो सरकार लागि रहोस् । त्यही मेरिटको आधारमा हामीले सहयोग गरिरहनेछौं ।’
उनले अघि भने, ‘यदि त्यसमा खुट्टा कमायो, त्यसबाट विमुख भयो, राजनीतिक जिम्मेवारीबाट यो सरकार विमुख भयो भने भोलिको दिनमा नेपाली काँग्रेसले आफ्नो पोजिशनलाई रिभ्यू गर्नुपर्ने हुन सक्छ ।’
कांग्रेसले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।