एजेन्सी - अमेरिकाकाे लस एन्जलसमा ८०औँ वार्षिक गोल्डेन ग्लोब अवार्ड सम्पन्न भएको छ ।
बेभर्ली हिल्स, लस एन्जलसमा आयोजित समारोहमा विगत वर्षका केही उत्कृष्ट चलचित्र र टिभी कार्यक्रमहरूलाई सम्मान गरिएको थियो। साे अवार्डमा उत्कृष्ट नाटक शृङ्खलामा उत्कृष्ट अभिनेत्रीकाे उपाधि युफोरियाकि जेनडायाले पाएकी छन् ।
युफोरियाले ईस्ट हाइल्याण्डको काल्पनिक सहरका किशोरहरूलाई माया, हानि र लतको तनावलाई सन्तुलनमा राख्दै आशा खोज्ने बारेमा वर्णन गरेको छ । नाटक शृङ्खलामा जम्मा १८ एपिसोड छन् । युफोरिया सन् २०१९ जुन १६ मा रिलीज भएको थियो।