काठमाडौँ - शनिबार काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको बताएका छन् ।
अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
एसपी कोइरालाले पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिएका छन् ।