रामचन्द्र पौडेल र माधव नेपाल बीच भेटघाट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
रामचन्द्र पौडेल  र माधव नेपाल बीच भेटघाट

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् । एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।