पुलिस भलिबल च्याम्पियनसिपको फाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९४ दिन अगाडि
पुलिस  भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं - सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फबाट 
फाइनलमा प्रवेश गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो ।

रोमान्चक खेलको पहिलो सेट पुलिसले २५-१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेट एपीएफले २५-१७ र २५-२१ ले जितेको थियो । चौंथो सेट पुलिसले २५-२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५-७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

आइतबार पुलिसले उपाधिका लागि आर्मी र  न्यु डायमण्डबीचको विजेतासँग खेल्नेछ ।  च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।