सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुन: मतदान हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
सुदूरपश्चिम प्रदेशको सभामुखका लागि  पुन: मतदान हुने

धनगढी -  शनिबार साँझ सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुन: मतदान हुने भएको छ ।

यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुन: मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो ।

बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बने पनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्‍याउन सकेको थिएन ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।