स्थापनाको दोश्रो वर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७८ दिन अगाडि
स्थापनाको दोश्रो वर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

काठमाडौं- “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिवार काठमाण्डौंको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो वार्षिक साधारण-सभा सम्पन्नभएको हो ।
सो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैकंले गरेको बताए । उनले भने– “खाद्य बै‌ंकले सह्रानीय कार्य थालेको छ । त्यसकारण पनि म यस संस्थासँग जोडिएको छु। यस संस्थाले व्यवस्थापकीय रूपमा सबल भएर अघि बढ्नसके ठुलो उपलब्धि हाँसिल गर्ने देखेको छु ।”

सो अवसरमा उनले खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए । खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्य बैंकले पहल कदमी लिएको उनको भनाई छ । पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएको बताए । उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको पनि बताए ।

साधारण सभामा बोल्दै राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मुर्तरुप लिन थालेको बताए। उनले २ वर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी वर्ष त्यसलाई अझै रफ्तारमा लगेर शेयर सदस्यहरुको मन जित्ने बताए । उनले भने “शेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, 'सिड मनि' बाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएको बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबि ल्याएको उनले बताए ।

उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्नेमा पनि जाेड दिए । त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफना कृषि उत्पादन ४ वटा प्रदेश अन्तर्गतक २३ ओटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा ७ वटै प्रदेशबाट अर्ग्यानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागि पर्ने बताएका छन् ।

खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाहकार दुर्गाबहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, काँग्रेस नेतृ सिर्जना सिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जिवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्यय बैंकले चालेक कदमको सह्राना गरेका थिए ।

साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहन प्रसाद पन्थीले गरेका थिए ।