यती एयरलाइन्सकाे विमान दुर्घटना अपडेट घटनास्थलबाट ३२ जनाको शव निकालियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
यती एयरलाइन्सकाे विमान दुर्घटना अपडेट  घटनास्थलबाट ३२ जनाको शव निकालियो

काठमाडौं -  पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।