दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौँ ‍- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा साेमबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । 

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् । 

दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।