दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८२ दिन अगाडि
दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

काठमाडौँ - यति एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा दुर्घटना भएको छ ।

एन एएनसी एटीआर विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । कास्कीका एसपी अजय केसीले दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको बताएका छन् । आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौं विमानस्थलबाट पोखरातर्फ उडेको थियो ।

विमानमा २ बच्चा, १० जना विदेशी सहित ६८ यात्रु सवार थिए । क्याप्टेन कमल केसीसहित चालक दलका ४ जना सदस्य सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ । गण्डकी प्रदेशका डीआईजी रामदत्त जोशीले उद्धार कार्य जारी रहेको र काठमाडौँमा एयर एम्बुलेन्स र अस्पतालहरुसँग समन्वय गरिएको  बताएका छन् । उद्धारमा नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी खटिएका छन् ।