विमानस्थलप्रति दुर्घटनामा परेका यात्रीका आफन्त आक्रोशित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
विमानस्थलप्रति दुर्घटनामा परेका यात्रीका आफन्त आक्रोशित

काठमाडौं - आफन्त चढेको विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् ।

उनीहरुले आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् ।

पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको उडान रोकिएको छ । दुर्घटनामा परेको विमानमा रहेका एक यात्रीका आफन्तले भने, ‘हाम्रो आफन्त दुर्घटनामा परेको छ, अहिलेसम्म खोज खबर केही छैन, कम्तीमा मलाई पोखरा पुर्‍याइदिए पनि त म केही गर्थे ।’

अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ ? त्यो त भनिदिनुहोस् ।’