माओवादीद्वारा यति एयरको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
माओवादीद्वारा यति एयरको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ - नेकपा माओवादी केन्द्रले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनप्रति दुःख व्यक्त गरेको छ ।

सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गरी जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रवक्ता महराले हवाई दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

उनले दुर्घटनाका घाइतेहरूको तत्काल उद्दार गरि उपचारको व्यवस्था गर्न  अनुरोध समेत गरेका छन् ।  महराले पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको बताएका छन् । आइतबार काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा भएको दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।