काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पोखराको सेती खाँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनको सचिवालयले शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको जानकारी दिएको हो ।
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।