पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गरिदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गरिदै

पोखरा - यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ ।

अस्पताल प्रशासनले विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको जनाएको छ ।

सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्‍याएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ । परिवारका सदस्य र आफन्तको शोकमा धेरै जना ब्याकुल देखिन्छन् । शवको सनाखत गरेका आफन्तहरु झनै शोकमा छन् ।