काठमाडौँ - पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ ।
आइतवार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दुर्घटना भएको थियो ।
ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ पनि सवार रहेको बताएका छन् । यस्तै उनकी श्रीमती डा.सोनु र उनीहरुको बच्चा समेत रहेको रहेको पाइएको छ । डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्र्थोपडिक सर्जरीमा एमडी गरेका थिए ।