न्यू डायमण्डलाई हराउँदै पुलिसको पक्षमा उपाधी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
न्यू डायमण्डलाई हराउँदै  पुलिसको पक्षमा उपाधी

काठमाडौं - सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप विभागीय टोली नेपाल पुलिस अन्तर्गत महिलातर्फले उपाधी जितेको छ । 

आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन भएको हो।

पहिलो सेट २५-२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५-११ को जित निकाल्न सफल भयो ।

महिलातर्फको फाइनलमा बिजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपबिजेतामा सिमित डायमण्डले भने २ लाख पाएको छ । तेस्रो भएको एपीएफले १ लाख रुपैया हात पारेको छ ।

पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।