विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

काठमाडौं - पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।