पाेखरा विमान दुर्घटना : ६९ जना मृत घोषित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
पाेखरा विमान दुर्घटना : ६९ जना मृत घोषित

काठमाडौं - आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक/एकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।