काठमाडाैं - जेल सजाय भुक्तान गरिरहेका अभिनेता पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ ।
नवलपुर अदालतले साढे २ वर्षको कैद सजाय सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ ।
उनीसँगै कविता राय र आरएल लामा पनि अनुबन्ध भएको बताइएकाे छ । चलचित्र कविता रायले नै निर्माण गर्न लागेकाे बुझिएको छ ।
यता तनहुँ जिल्ला अदालतको फैसला सुनाउन बाँकी रहेकै अवस्थामा पलले भने उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।
निर्माताले शाह जेलमा रहेको अवस्थामा नै उनलाई मुख्य भूमिकामा लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।