प्रधानमन्त्री दाहाल ओली निवासमा, मन्त्रिपरिषद् बिस्तारबारे छलफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
प्रधानमन्त्री दाहाल ओली निवासमा, मन्त्रिपरिषद् बिस्तारबारे छलफल

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । 

साेमबार बिहान १०ः२० बजे बालकोटस्थित ओली निवासमा पुगेका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ । 

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
    
आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।