चिनियाँ राजदूतको प्रधानमन्त्री दाहालसँग भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४०९ दिन अगाडि
चिनियाँ राजदूतको प्रधानमन्त्री दाहालसँग भेट

काठमाडौं - साेमबार नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  शिष्टाचार भेट गरेका छन्।
 

 प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए।
 
भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
 
सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।