सगरमाथा इन्स्याेरेन्सको लाभांश संशोधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७७ दिन अगाडि
सगरमाथा इन्स्याेरेन्सको लाभांश संशोधन

काठमाडौं  - सगरमाथा इन्स्याेरेन्सको लाभांशमा थोरै संशोधन भएको छ ।

संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १२.४०% बोनस सेयर र कर तिर्न ०.६५२६% नगद लाभांश पाउनेछन् । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । 

यसअघि कम्पनीले कम्पनीकले १२.५०% बोनस सेयर र कर प्रयोजनको लागि ०.६५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांशको दरमा थोरै परिमार्जन गरेको जनाएको छ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।