आरआरआर र नाचोनाचोको  क्रिटिक्स च्वाइस अवार्डमा ठूलो जित 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
आरआरआर र नाचोनाचोको  क्रिटिक्स च्वाइस अवार्डमा ठूलो जित 

बिबिसी - ऐतिहासिक गोल्डेन ग्लोब जितेको केही दिनपछि, तेलुगु फिल्म आरआरआर ले प्रमुख अवार्ड शोमा थप दुई पुरस्कार जितेको छ।

लस एन्जलसमा भएको २८ औं संस्करणको क्रिटिक्स च्वाइस अवार्डमा फिल्मले उत्कृष्ट विदेशी भाषाको फिल्म र  नाचो नाचोले उत्कृष्ट गीतको अवार्ड जितेको छ । आरआरआर ले अर्जेन्टिना १९८५ जस्ता फिल्महरू संग प्रतिस्पर्धा गर्दै  उत्कृष्ट सर्वश्रेष्ठ गैर-अंग्रेजी भाषाको फिल्मको लागि गोल्डेन ग्लोब जितेको हो । 

आफ्नो स्वीकृति भाषणमा, उनले आफ्नी आमालाई  विद्यालय शिक्षालाई अतिमूल्याङ्कन गरेको ठानेर कमिक्स र स्टोरीबुकहरू पढ्न प्रोत्साहित गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। 
द क्रिटिक्स च्वाइस चलचित्र अवार्डहरू अमेरिकी-क्यानेडियन क्रिटिक्स च्वाइस एसोसिएसनले सिनेमा उत्कृष्ट उपलब्धिलाई सम्मान गर्न वार्षिक रूपमा प्रस्तुत गर्ने गरेका छन् । 
अवार्डको आधिकारिक ट्विटर ह्यान्डलले सोमबार फिल्मको जितको खबर ट्वीट गर्दै फिल्मका कलाकार र टोलीलाई बधाई दिएको छन्।  त्यस्तैगरि आरआरआर को ट्विटर ह्यान्डलले उत्कृष्ट गीत जित्ने बारे पोस्ट गरेको छ।