ठमेलमा जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
ठमेलमा जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिने

काठमाडौं - आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिने भएको छ ।

ठमेलको नरसिंह चोकमा ठमेल पर्यटन विकास परिषद्ले मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको हो ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ ।