क्याप्टेन सहित थप ११ जनाको सनाखत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
क्याप्टेन सहित थप ११ जनाको सनाखत

काठमाडौं - यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने  क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ ।

कास्कीका एसपी अजय केसीले विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको बताएका छन् ।  

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले अहिलेसम्म गायिका निरा छन्त्यालको शवको सनाखत भएको र डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको जनाएको छ ।

विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ ।