मन्त्रीकाे सपथ लिनुअघि लिङ्देन भन्छन् : 'ठूलो असहमतिका बीच अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८० दिन अगाडि
मन्त्रीकाे सपथ लिनुअघि लिङ्देन भन्छन् : 'ठूलो असहमतिका बीच अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ'

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

यसैबीच उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’