सन् २०२५ भन्दा पहिले चीनको जनसङ्ख्या घट्ने अनुमान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८० दिन अगाडि
सन् २०२५ भन्दा पहिले चीनको जनसङ्ख्या घट्ने अनुमान

एजेन्सी - चीनको जनसङ्ख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।

सन् २०२२ मा चीनको जनसङ्ख्या १.४११८ अर्ब थियो । सन् २०२१ को तुलनामा यसमा ८ लाख ५० हजारको गिरावट आएको छ । चीनमा वर्षौँदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।

जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।

गत वर्ष चीनमा जन्मिनेभन्दा बढीको मृत्यु भएको थियो । गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्‍यो, जुन प्रति एक हजार जनसङ्ख्यामा ७.३७ थियो ।