काठमाडौं - नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ ।
समस्या आज मंगलबार १२ बजेदेखि देखिएको छ । पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ ।
तर टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।