संघीय संसद् सचिवालयद्वारा निर्वाचनसम्बन्धि कार्यक्रम सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
संघीय संसद् सचिवालयद्वारा  निर्वाचनसम्बन्धि कार्यक्रम सार्वजनिक

काठमाडौं - सभामुखको निर्वाचनसम्बन्धि कार्यक्रम संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

मंगलबार संघीय संसद् सचिवालयले  सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १  देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।