बाकीको दुई मन्त्रालय प्रधानमन्त्रीसँगै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
बाकीको दुई मन्त्रालय प्रधानमन्त्रीसँगै

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् ।

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलहरु वीच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन । आज नवनियुक्त मन्त्रीहरुले  पद तथा गोपनीयताको शपथ लिएका छन् ।