पदबहाली गर्न महिला बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्री समयमा नआएपछि...

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
पदबहाली गर्न महिला बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्री समयमा नआएपछि...

काठमाडौं - मंगलबार मन्त्रीको शपथ र जिम्मेवारी पाएका मन्त्रीहरुले आ-आफ्नो कार्यालय पुगेर पदबहाली गरेका छन् ।

शपथ लगत्तै  एमालेबाट सबैजसो मन्त्रीहरू पदबहाली गर्न मन्त्रालय पुगेपनि महिला बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी भने समयमा पदबहाली गर्न नपुगेपछि कर्मचारीहरू अन्यौलमा परेका छन् । मन्त्रीको स्वागत गर्न २ घण्टादेखि मन्त्रालयको ढोकामा लाइन बसेका कर्मचारीहरू मन्त्री नआएपछि तितरबितर भएका छन् ।

मन्त्रालयका सचिव डिल्लीराम शर्मा सहितका कर्मचारीहरू साढे १ बजेदेखि मन्त्रीलाई पर्खेर बसेपनि सवा ३ सम्म पनि मन्त्री चौधरी पुगेकी छैनन् ।