इन्जिनियर १ लाख ४० हजार घूससहित पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
इन्जिनियर १ लाख ४० हजार घूससहित पक्राउ

काठमाडौंँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो । उनलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।