नेप्से परिसूचक ३२.७२ अंकले बढ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७५ दिन अगाडि
नेप्से परिसूचक ३२.७२ अंकले बढ्यो

काठमाडौं - धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.७२ अंकले उकालो लागेर दुई हजार एक सय ८२.११ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.५८ ले वृद्धि भई ४१५.८३ मा पुगेको छ । कुल १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक उकालो लाग्दा बैङ्किङ उपसमूहको भने ओरालो लागेको छ ।

कारोबार भएकामध्ये यस दिन १६९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ३० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ । 

आजको कारोबारमा कुल एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेय तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ मूल्यमा कारोबार भएको छ । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब ४० करोड २२ लाख ८३ हजार २०९ पुगेको छ । 

यो दिनको कारोबारमा जलविद्युत् कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ ।  कम्पनीको सेयर २३ करोड २६ लाख आठ हजार ३८८ कारोबार भएको छ ।

त्यस्तै, माथिल्लो तामाकोसीको सेयर ११ करोड ३८ लाख ३८ हजार १५९, ङादी ग्रुप अफ पावरको सेयर १० करोड ४८ लाख ४७ हजार ३१६, रिडी पावर कम्पनीको सेयर नौ करोड चार लाख दुई हजार ६१५ र हिमालयन डिस्टिलरी सेयर आठ करोड १७ लाख १५ हजार ९७३ मा कारोबार भएको छ ।  

नेप्सेका अनुसार ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपल्स हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ९.९७ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, प्रभु सेलेक्ट फन्ड ८.४५, एनआइबिएल समृद्धि फन्ड दोस्रो ६.२१, आरबिबी म्युचुअल फन्ड पहिलो ५.५४, एनआइसी एसिया फन्ड ५.०१ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ ।