काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनीत गरेका छन् ।
पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देननले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । मन्त्री बन्ने चर्चामा रहेका शाहीलाई अध्यक्षले प्रमुख सचेतकको जिम्मा लगाएका छन् । राप्रपाबाट अध्यक्षसहित तीन जना मन्त्री सरकारमा गएका छन् ।
तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले शाहीले हराएका थिए ।