माइक्रो बस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४०७ दिन अगाडि
माइक्रो बस  र  बोलेरो ठोक्किँदा १ जनाको मृत्यु

बुटवल - पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु भएको छ  ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा  ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय बुटवलले घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको जनाएको छ ।