रोनाल्डोले पीएसजीविरुद्ध अल नसरको कप्तानी गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
रोनाल्डोले पीएसजीविरुद्ध अल नसरको कप्तानी गर्ने

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध क्रिस्टियानो रोनाल्डोले अल नसरको कप्तानी गर्ने भएका छन्।

बिहीबार साउदी अरेबियन क्लब नसरले फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । रोनाल्डोले पीएसजीविरुद्ध खेल्दै नसरमा डेब्यु गर्ने छन् ।

अल नसर र पीएसजीविरुद्धको खेल रियादस्थित किङ फाहद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । यस खेलमा दुई महान खेलाडी रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ ।   विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।