सरकारबाहिरका दलहरु स‍‍ँग सभामुख चुनावबारे छलफल गर्दै कांग्रेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७९ दिन अगाडि
सरकारबाहिरका दलहरु स‍‍ँग सभामुख चुनावबारे छलफल गर्दै कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएपछि कांग्रेससहित जसपा लगायतका नेताहरु छलफलमा जुटेका छन् ।

जसपा संसदीय दलको नेता रामसहायप्रसाद यादव कांग्रेस संसदीय कार्यलय आइपुगेपछि नेताहरु छलफलमा जुटेका हुन् । भोलि बिहीबार सभामुखको चुनाव हुँदैछ ।

सत्ता बाहिर रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उपसभामुखबारे पनि टुंगो लगाउने बताइएको छ ।