फिल्म ‘जेरी २’मा नायिका आना शर्मा अनुबन्धित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
फिल्म ‘जेरी २’मा नायिका आना शर्मा अनुबन्धित

फिल्म ‘जेरी २’का नायिका आना शर्मा अनुबन्धित भएकी छन् । मंगलबार निर्माण कम्पनी र नायिका शर्माबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

 काठमाडौं- अनमोल केसी स्टारर फिल्ममा यसअघि नव नायिका पूर्णिका सिंजापति पक्का भैसकेकी छिन् । अब फिल्ममा अनमोल, आना र पूर्णिका मुख्य भूमिकामा रहनेछन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मका अन्य कलाकार तय हुन बाँकी छन् ।

यसका लागि भारतको दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ । एक महिनापछि छायांकन सुरु हुनेछ र लोकेसन पनि फाइनल छ । लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा फिल्म छायांकन गर्ने तयारी छ ।

फिल्मलाई न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । ‘जेरी’को सफलता पश्चात् निर्माण युनिट जेरी २ निर्माण गर्न लागेका हुन् ।