काठमाडाैं- चर्चित गायक दिपक लिम्बुलाई अध्यक्ष पदकाे जिम्मा दिँदै 'गायन समाज ताप्लेजुङ्काे ७औं साधारण-सभा सम्पन्न भएकाे छ।
मंगलबार काठमाडाैंकाे अनामनगरमा एक कार्यक्रमकाे आयाेजना गरि गायन समाज ताप्लेजुङ्ले लिम्बुकाे अध्यक्षतामा नयाँ १७ सद्स्यीय कार्यसमिति तयार गरेको हाे ।
नवनिर्बाचित पदाधिकारीहरूमा अध्यक्षमा लिम्बुसहित उपाध्यक्षमा आशिस भट्टराई, मोहन मादेन, तारा थेबे, सुसन साम्शोहाङ चयन भएका छन् । यसैगरि महासचिवमा मेघराज मगराति, सचिबमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु, सद्स्यहरुमा भिम लिम्बु, सुस्मा लिम्बु, निर्मल सुब्बा, पदम राई, रन्जिता सावादेन, राजन पालुङ्वा, बिना भट्टराई, अनिल खड्का रहेकाछन् ।
प्रमुख अतिथिमा सांस्कृतिक सस्थानका महाप्रबन्धक अशोकप्यासि राई रहेकाे कार्यक्रममा तथा वरिस्ठ चलचित्र निर्देशक नबिन सुब्बा, अग्रज श्रस्टा जस्धोज गुरुङ, गीतकार महेन्द्र रिजाल, प्राज्ञ अग्रज माधब प्रधान, समाजसेवी मोडल सल्लाहकार हेमराज अन्छङ्बो, निर्माता शैलेन्द्र नाल्बो, चलचित्र निर्देशक लय सङ्ग्रौला, निर्देशक यादब भट्टराई, लगायतकाे उपस्थिति रहेकाे थियाे ।
साधारण सभामा अबकाे कार्यसमितिले नेपाली गीत संगीत तथा पूर्वेली भाकालाई संरक्षण र सम्वर्धन गरि सिंगाे नेपाली सांगीतिक जगतलाई माथि लैजान पर्नेमा विशेष जाेड दिइएकाे थियाे ।