प्रधानमन्त्री दाहाल र कांग्रेसका वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
प्रधानमन्त्री दाहाल  र कांग्रेसका वरिष्ठ नेता पौडेलबीच  भेटवार्ता

काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा बिहिबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र नेता पौडेलकाबीच बिहिबार हुन लागेकाे सभामुख पदकाे निर्वाचनको बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएकाे छ ।

सभामुख पदकाे निर्वाचन आज बिहिबार बिहान ११ बजे हुँदैछ ।