सभामुखको चुनाव आज हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
सभामुखको चुनाव आज हुँदै

काठमाडौं - बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि मतदान हुँदैछ ।

सभामुख निर्वाचनमा एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि न्यौपानेले कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् भने घिमिरे एमाले, राप्रपा र रास्वपाबाट साझा उम्मेदवार हुन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन संसद्मा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुले ह्वीप जारी गरेको छ ।