३७ वर्षमै प्रधानमन्त्री बनेकी आर्डनद्वारा कार्यकाल नसकिँदै राजीनामाको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
३७ वर्षमै प्रधानमन्त्री बनेकी आर्डनद्वारा कार्यकाल नसकिँदै राजीनामाको घोषणा

एजेन्सी - न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले राजीनामाको घोषणा गरेकी छन् ।

आफूसँग अब यो भन्दा धेरै नेतृत्व क्षमता नभएको भन्दै उनले प्रधानमन्त्रीको जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन् । 

आगामी फेब्रुअरी ७ मा स्वैच्छिक राजीनामा दिने घोषणा गरेकी उनले अर्को निर्वाचनमार्फत फेरि प्रधानमन्त्री बन्ने मौका भए पनि त्यसो नगर्ने बताएकी छन् । 

न्युजिल्याण्डमा आगामी अक्टोबर १४ मा हुने निर्वाचनले नयाँ प्रधानमन्त्री चयन गर्ने छ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् । 

उनकाे  स्वेच्छिक राजीनामाकाे घोषणाले सबैलाई आश्चर्यमा पारेको छ ।