आफ्नै जिउमा आगो लगाएका युवककाे ट्रमा सेन्टरमा उपचार हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७८ दिन अगाडि
आफ्नै जिउमा आगो लगाएका युवककाे ट्रमा सेन्टरमा उपचार हुँदै

 काठमाडौं  - काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय  ट्रमा सेन्टरमा पठाइएको जानकारी दिएका छन् । 

उनका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।