जनमोर्चाका अध्यक्ष केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
जनमोर्चाका अध्यक्ष केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं - सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गर्ने बताएका छन् ।

सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।’

नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाए । तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने बताएका हुन् ।