सभामुख निर्वाचन-प्रतिनिधि सभामा मतविभाजन प्रक्रिया शुरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
सभामुख निर्वाचन-प्रतिनिधि सभामा मतविभाजन प्रक्रिया शुरू

काठमाडाै - प्रतिनिधि सभामा सभामुख निर्वाचनको मतविभाजन प्रक्रिया शुरु भएको छ ।

बिहीबार जारी प्रतिनिधि सभाको बैठकमा प्रस्तावक र समर्थकले समर्थन गरेपछि मतविभाजन प्रक्रिया शुरु भएको हो ।

सत्ता गठबन्धनले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई समर्थन गरेको छ । कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई कांग्रेसका अतिरिक्त नेकपा एस र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ ।

सत्ता गठबनधनको बहुमत रहेकोले घिमिरे सभामुख निर्वाचित हुने निश्चित छ । बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले दिउँसो २ बजेर ४० मिनेटमा जनाउ घण्टी बजाएका छन् ।