एमाले सांसद कोइरीलाई संसदमा देख्न बुझ्न गाह्रो भएकाे गृहमन्त्री लामिछानेकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८९ दिन अगाडि
एमाले सांसद कोइरीलाई संसदमा देख्न बुझ्न गाह्रो भएकाे गृहमन्त्री लामिछानेकाे  भनाइ

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकाय निरीह बनाइएकाले परिणाम हात पार्न समय लाग्ने देखिएको बताएका छन् ।

संघीय संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले दिएको निर्देशनले केही समयपछि परिणाम दिने बताए ।

‘राज्यका निकायलाई निरीह बनाएको छ । परिणाम आउन समय लाग्छ । सुन्दा निर्देशन निर्देशन... भन्ने होला । तर केही समय लागेपनि परिणाम आउँछ ,’ उनले भने ।

हत्याका आरोपी एमाले सांसद लक्ष्मी कोइरीलाई किन पक्राउ नगरिएको भन्ने प्रश्नमा उनले भने, ‘कोही लुकेका छन्, हराएका छन् भने पनि कोही बाँकी रहँदैनन् । संसदमा देख्न बुझ्न गाह्रो भए पनि प्रहरी प्रशासनले काम गरिरहेको छ । चाँडै थाहा पाउनुहुन्छ ।’

उनले श्रममन्त्री डोलप्रसाद अर्यालको पनि बचाउ गरेका छन् । उनले भने, ‘ उहाँको कहाँ संलग्नता छ । मलाई देखाइ दिनुस् न । उहाँ कुन म्यनपारवमा संलग्न हुनुहुन्छ मलाई त थाहा छैन । उहाँले आफैले पनि प्रष्ट पारिसक्नु भएको छ ।’ मन्त्री अर्यालको म्यनपार कम्पनीमा संलग्नता भेटिएर कारबाही गर्ने गृहमन्त्री लामिछानेले बताए ।